
सुनाखरी न्युज/ नयाँ दिल्ली ।
सुन र चाँदीको आयातमा लाग्ने भन्सार शुल्क बढाएर भारत सरकारले ६ प्रतिशतबाट १५ प्रतिशत पुर्याएको छ।
मंगलबार जारी गरिएको एक सरकारी आदेश अनुसार बढ्दो व्यापार घाटा कम गर्न र कमजोर बन्दै गएको भारतीय रुपैयाँलाई थप गिरावटबाट जोगाउन यो निर्णय लिइएको हो।
सरकारले १० प्रतिशत बेसिक कस्टम ड्युटी र ५ प्रतिशत एग्रिकल्चर इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट सेस लागू गरेको छ। यसरी कुल प्रभावकारी कर १५ प्रतिशत पुगेको छ। यसअघि सन् २०२४ को मध्यतिर कर घटाएर ६ प्रतिशत कायम गरिएको थियो।