
सुनाखरी न्युज/ काठमाडौं ।
पूर्वराजा ज्ञानेन्द्र शाहले हिजो गोर्खाको मनकामना मन्दिर दर्शन गरेका छन्। पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्व युवराज पारस शाह तथा पूर्व युवराज्ञी हिमानी शाह, छोरी लगायतका राजपरिवारले शनिबार मनकामना र आइतबार बक्रेश्वरीको दर्शन तथा पूजाआजा गरेका हुन् ।
पूर्वराजा शाह मन्दिर पुग्दा सर्वसाधारणको घुइँचो लागेको थियो। उनीहरु शनिबार बिहान आठबजे मनकामना पुगेर आधाघण्टासम्म पूजाआजा गरेका मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक अञ्जन बस्न्यातले जानकारी दिए । आइतबार बिहान उनीहरुले बक्रेश्वरीको दर्शन गरेका थिए ।