
सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेले आज बैठक बोलाएका हुन् । साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बोलाइएको रास्वपाले जनाएको छ ।
बैठकमा भेला, अधिवेशन विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन तथा जिल्ला समिति विघटन गर्नेबारे छलफल र आवश्यक निर्णय हुने प्रवक्ता मनिष झाले जानकारी दिए ।
पार्टीको संसदीय भूमिकालाई अझ प्रभावकारी बनाउन विधानमा गर्नुपर्ने परिमार्जन र अन्य विविध समसामयिक राजनीतिक विषयहरूमा सचिवालय सदस्यहरूले आफ्नो धारणा राख्नेछन्।