
सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानन्यायाधीशमा सिफारिस मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढेको छ । सुनुवाइ समितिको शुक्रबारको बैठकले शर्माको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
संघीय संसद्को संसदीय सुनुवाइ समितिले शुक्रबारबाट प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया थालनी गरेको हो ।
संवैधानिक परिषद्को बिहीबारको बैठकले सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । प्रधानन्यायाधीशमा नियुक्ति पहिले संसदीय सुनुवाइ हुनुपर्ने संवैधानिक व्यवस्था छ । संवैधानिक प्रावधानअनुसार संसदीय सुनुवाइका लागि शर्माको नाम सुनुवाइ समितिमा पुगेको थियो ।
शर्माका सम्बन्धमा संसदीय सुनुवाइ समितिले सार्वजनिक उजुरी आह्वान गरेको छ ।