
सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानन्यायाधीश सिफारिस गर्दा संवैधानिक परिषद्ले वरीयता मिचेको भन्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता विपिन ढकाल र डा. प्रेम सिलवालले छुट्टाछुट्टै रिट पेस गरेका हुन् ।
संवैधानिक परिषद्को निर्णय प्रथम दृष्टिमै संविधानको आधारभूत मर्म विपरीत देखिएकाले रिट दर्ता गर्न लागेको त्रिपाठीले बताए ।