
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको ६०औं साधारणसभाबाट नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठले पद बहाली गरेका छन्।
महासंघको वरिष्ठ उपाध्यक्ष स्वतस् अध्यक्ष हुने विधानअनुसार अञ्जन श्रेष्ठ उक्त संस्थाको नेतृत्वमा पुग्नु भएको हो ।
अध्यक्ष श्रेष्ठसँगै निर्वाचित पदाधिकारीले कार्यभार सम्हालेका हुन् । निजी क्षेत्रको मनोबल बढाउने वातावरण निर्माण गर्न सरकारसँग निरन्तर संवाद र सहकार्य गर्ने पदबहालीपछि अध्यक्ष श्रेष्ठले बताएका छन् ।