२०८३ बैशाख २० , आइतवार

उद्योगी व्यवसायीले डर मान्नुपर्दैनः रास्वपा सभापति लामिछाने

rabi-lamichhane-1024×569

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरेका छन् ।

निजी क्षेत्रका प्रतिनिधिहरूसँगको भेटमा आइतबार  उनले सरकारको उद्देश्य निजी क्षेत्रलाई हतोत्साही बनाउने नभई नीति सुधार गर्ने रहेको बताएका हुन् ।

 

उनले सरकारको सुशासन अभियानमा साथ दिन उद्योगी व्यवसायीहरूलाई आग्रह गरे ।

उनले सरकार उद्योगी व्यवसायीहरूसँग सहकार्य गरेर नै अगाडि बढ्न चाहेका बताए । तर अर्थतन्त्रलाई कमजोर बनाउने गतिविधिहरूमा राज्यले कडाइका साथ निगरानी राख्ने उनको भनाइ छ ।

 

 

उनले वर्तमान सरकार चुनावमा आफूहरूले गरेको वाचापत्रको आधारमा नै सञ्चालन हुने बताए ।

जनताले वाचापत्र हेरेर नै भोट दिएको उल्लेख गर्दै उनले वाचापत्र भन्दा दायाँबायाँ नजाने दाबी गरे । उनले उद्योगी व्यवसायीलाई आफ्ना कमीकमजोरीलाई पनि मूल्याङ्कन गर्न आग्रह गरे।

आन्तरिक लेखापरीक्षण गर्न सुझाव दिँदै उनले विगतका कमजोरी सच्याउने प्रक्रियामा राज्यसँग सहकार्य गर्न आग्रह गरे ।

नीतिगत सुधार, सुशासन र आर्थिक सुधार नै वर्तमान सरकारको मुख्य लक्ष्य रहेको उनको भनाए छ ।

उनले आर्थिक सुधारका लागि गरिने कानुन कार्यान्वयनका क्रममा आवश्यक सहयोग गर्न व्यवसायीहरू तयार हुनुपर्नेमा जोड दिए ।

उनले विगतमा जस्तो उद्योगी व्यवसायीहरू समस्या लिएर नेताको घरघरमा पुग्न नपर्ने बताए ।