
सुनाखरी न्युज/ काठमाडौं ।
धोबीखोला किनारमा रहेको विवादास्पद ७ तले भवनमा डोजर चलाइएको छ। सार्वजनिक जग्गा मिचेर निर्माण भएको उक्त घरमा आज डोजर चलेको हो घरको केहीभाग मात्रै भत्काएर अहिले डोजर फर्काइएको छ ।
घरधनी इन्द्र चाम्लिङले घर आोूले करिब ५ वर्षअघि निर्माण सम्पन्न गरेको बताए । उनले भवनको नक्सा पास भएको र आफूले नियमित रूपमा कर तथा राजस्व तिर्दै आएको दाबी गरे।
घरका विभिन्न तललामा डोजरले क्षति पुर्याएको छ । साततले घरको पाँच तल्लासम्म डोजरले केही भाग भत्काएको छ । घरको अगाडि भागले सार्वजनिक जग्गा मिचेको भन्दै डोजरले अगाडि भाग भत्काएको बताइएको छ ।