२०८३ बैशाख १५ , मंगलबार

चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश

lalibajar_swastimakhadka-1750761423

सुनाखरी न्युज/ काठमाडौं ।

चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतले आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको हो ।

वादी समुदायको तर्फबाट रोशनी नेपालीले चलचित्रका केही शब्दहरूमा आपत्ति जनाउँदै नेपालीले रिट दायर गरेकी थिइन् ।यम थापा निर्देशित ‘लालीबजार’ १८ वैशाखदेखि प्रदर्शन गर्ने तयारीमा थियो।

षट्कोण आर्टसद्वारा निर्मित यस फिल्म वादी समुदायका महिलाहरूको संघर्ष र जीवनकथामा आधारित रहेको बताइएको छ।