२०८३ बैशाख १४ , सोमवार

‘नेपालको राजनीति लाई स्वस्थ र तन्दुरुस्त राखौं’

Kiran Giri 450300

किरण गिरी-
हामीले (३० बर्ष देखि एउटै अनुहार , एउटै पात्र र एउटै प्रवृत्ति को अर्ती ,उपदेश सुन्दै आयौं र आदेश मान्दै आयौं । उनीहरुले भने ( यो संबिधानमा हामिले अबलम्बन गरेको निर्वाचन प्रणाली अनुसार कसैको पनि बहुमत आउन सक्दैन – २१ फाल्गुनको चुनावमा आयो त ।
उनीहरुले फेरि भने – गठबन्धन नगरी चुनाव नै जितिदैन – २१ फाल्गुनमा जितियो त ।
उनीहरु फेरि भन्दै थिए – राजनीति गर्न अनुभवी र परिपक्व हुनुपर्छ नयाँ बाट चल्न सक्दैन , २१ फाल्गुन पछी चल्यो त ।
यसले के प्रमाणित गर्छ भने हिजो उनीहरुको त्याग , तपस्या र योगदान यो मुलुक , आन्दोलन र परिबर्तन प्रति थियो नै तर अब तपाई ( देउवा , ओलि र प्रचण्ड का बिचार , धारणा र दृष्टिकोणहरु असान्दर्भिक भैसकेका छ्न । फेरि ३० बर्ष यो देशको सेवा , सुबिधा र सहुलियत तपाईहरु देउवा , ओलि र प्रचण्ड कै एकछत्र पालैपालो हालिमुहाली ९म्युजिककल चियर ० चलेकै हो । अझ अकुत सम्पत्ति र आर्थिक अपराधमा छानबिन हुन त बाकी नै छ , हुने नै छ । त्यसकारण अब परिबर्तन लाई स्वीकार गर्नुहोस आत्मसात गर्नुहोस र राजनीतिबाट विश्राम लिनुस अब राजनीतिमा भुमिका होइन अभिभावक बन्नुहोस ।
नेपाली जनता र भुगोलको यो राजनिति मर्म र भावना बुझेर मैले सबै राजनीतिक दलका ७० बर्ष माथीका नेताहरु लाई आजैबाट राजनीति सन्यास लिएर बाकी सामाजिक जीवन सम्मानित र मर्यादित रुपमा ब्यतित गर्न हार्दिक आग्रह गर्दछु  ।

यही कुरा लाई अध्ययन , मनन र विश्लेषण गरेर नै हामीले बिशेष महाधिवेशन गरेर नेपाली काँग्रेस भित्र नेतृत्व परिबर्तन , पार्टी पुस्तान्तरण र गर्दै अगाडि बढेका हौ । बदलियो काँग्रेस , बदल्छौ देश भनेर हामी फाल्गुन (२१ गते मतदाताको घरदैलो मा पुग्यौं समानुपातिक र प्रत्यक्ष समेत झण्डै १८र२० लाख मतदाताले हामीलाई बिश्वास गर्नु भयो र हामी प्रतिनिधि सभामा (३८ स्थानमा बिजय हासिल गरेका छौं ।
अब काँग्रेस नवीनताका साथ अगाडि बढ्ने छ । नेपाली काँग्रेसको चुनाव चिन्ह रुख 🌳 को जरा बाट नै पार्टी सुधार र सुदृढ बनाउन हामी – १ बैशाख , २०८३ देखी १६५ निर्वाचन क्षेत्र र ६७४३ वडामा  ‘जरा अभियान’ लिएर नेपाली काँग्रेसको क्रियाशिल सदस्यता अध्याबधिक र नयाँ बितरण कार्यक्रममा सक्रिय भैरहेको छ ।
काँग्रेस बदलिएर आएको छ , देश बदल्ने संकल्प बोकेको छ ।
नेपाली काँग्रेस जरा अभियान के हो त ?
उत्साह र बिश्वासको नयाँ अभियान (२०८३
१ बैशाख २०८३ मा नेपाली काँग्रेसको ‘जरा अभियान प्रारम्भ हुने छ । एक महीना सम्म चल्ने यो अभियान क्रममा एकातर्फ राष्ट्रिय सन्दर्भमा पार्टीको सोच र सन्देश प्रभाह हुने छ भने अर्को तर्फ स्थानीय तहसम्म पार्टी जागरण र रुपान्तरणका क्रममा कृयाशिल सदस्यता अध्यावधिक गर्ने कार्य हुने छ । रुखको ‘जरा’ सिंचित गर्न , गोडमेल गर्न र पार्टीमा ताजगी अभिबृध्दी गर्न यो ‘जरा अभियान’ ले मद्दत पुर्‍याउने बिश्वास लिइएको छ । नेपाली काँग्रेस फाल्गुन -२१ को निर्वाचन पश्चात मुलुक को प्रमुख प्रतिपक्षी दलको भुमिकामा जिम्मेवार छ । जरा अभियान मार्फत नेपाली काँग्रेस त्यो भुमिका लाई सबल बनाउदै देश , राजनीतिक प्रणाली संघीय लोकतान्त्रिक गणतन्त्र र पार्टी लाई ध्येयमा समर्पित छ ।
१। जरा अभियान को उधेश्य
क -राष्ट्रियताको ‘जरा’ सबल बनाउनु ।
संसदमा रहेका दलहरू बिच राष्ट्रिय हित , राष्ट्रिय स्वार्थ र समग्र राष्ट्रियताको प्रश्नमा साझा दृष्टि र सहकार्य ।
(-देश बाहिर रहेका नेपालीहरु को सुरक्षा र अधिकारका सन्दर्भमा पार्टीको प्रतिज्ञा पत्र बमोजिम देश भित्रको भावनात्मक जरा सवल बनाउन आबश्यक नितिगत , कानुनी र संरचनागत बिषयमा सम्बाद र सहकार्य ।
ख – लोकतन्त्रको ‘जरा ‘ सवल बनाउनु ।
-संसदमा नेपाली काँग्रेसको सहयोगी एबं खबरदारी भुमिका , संबिधान संशोधनको प्रश्नमा लोकतन्त्र सारभुत मुल्य मान्यतामा सम्झौता नगरी संबिधान लाई थप अधिकार सम्पन्न र सुदृढ बनाउन समयोचित दृस्टी , इमान्दार अबधारणाको खोजी एबं परिणाम मुखी सहकार्य ।
ग -संघीयताको ‘जरा’ सबल बनाउनु ।
– संबिधानको मर्म बमोजिम संघीयताको सबलिकरण गर्न आबश्यक कानुन निर्माणमा सहकार्य । पार्टी सहभागी रहेका प्रदेश सरकारहरु को गतिविधि समिक्षा , आबश्यक हेरफेर र परिमार्जन गर्दै प्रदेश सरकार सञ्चालन र स्थानीय सरकार सञ्चालन प्रभावकारी बनाउन यही अभियानका क्रममा सकारात्मक सन्देश प्रभाह गर्ने ।
घ- नागरिक बिश्वासको ‘जरा’ सवल बनाउन ।
-समुन्नति को प्रश्नमा दलगत स्वार्थ भन्दा पर समन्यायिक दृष्टि , प्रदेश र स्थानीय तहमा रहेका पार्टीका साथीहरू प्रभावकारिता वृद्धि राज्य , दाल र निजिक्षेत्र बिछ बृहत सहकार्य ।
ङ – सामाजिक एकताको ‘जरा’ सबल बनाउनु ।
-जातीय , बर्गिय , धार्मिक र सांस्कृतिक समुदाय बिच सद्भाव अभिबृध्दीमा भुमिका , जातीय विभेद र सबैखाले बिसंगति नियन्त्रणमा सहकार्य ।
च ( पार्टीको ू जरा ू सबल बनाउनु ।
– बिमतिका बिषयहरु न्यूनीकरण गर्दै पार्टी भित्र खुल्ला संबाद र सहकार्य ।
-विभिन्न समयमा बिबिध कारणले पार्टी बाट टाढा भएका साथीहरू लाई ‘घर आँगन फर्कन’ आह्वान ।
-केन्द्र बाट प्रदेश हुदै स्थानीय तहाका समितिहरु बिच बिषयगत तादम्यता सांगठनिक गतिविधिमा वृद्धि ।
-भातृ र शुभेच्छुक संस्थाहरुको कार्य समिक्षा , आबश्यक निर्णय र जरा तहसम्म सम्बन्धित संस्थाहरुको प्रभावकारिता खोजी ।
यसबाट नै नेपाली काँग्रेस संगठन मजबुत र दिगो हुने छ । काँग्रेसले नै मुलुकमा संकट समाधान र सबैलाई समेट्ने क्षमता राख्ने छ । संबिधान र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत बिकास गर्दै नेपाली काँग्रेस ले समुन्नत नेपाली र सम्मानित नेपाली संकल्प पुरा गर्ने छ ।