२०८३ बैशाख १३ , आइतवार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्ने, के के छन् एजेण्डा ?

congress-1

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्ने भएको छ ।

बैठकमा सभापति गगन थापाले सहमतिका लागि संसदीय दलको नेता प्रस्ताव गर्ने कार्यक्रम रहेको सहमहामन्त्री एवं निर्वाचन समिति संयोजक प्रकाश रसाइली ‘स्नेही’ले जानकारी दिए ।

बैठक भोलि बिहान ११ बजे बस्ने छ ।

 

कार्यसम्पादन बैठकपछि दिउँसो १ बजे दलको कार्यालयमा सभापति थापाले सांसदहरूसँग छलफल गर्ने उनले बताए ।

सभापतिले प्रस्ताव गरेअनुसार संसदीय दलको विधानको धारा ५ अनुसार संसदीय दलको नेता चयन औपचारिक रूपमा अगाडि बढ्ने उनको भनाइ छ ।

 

सहमतिमै दलको नेता चयन गर्ने भन्दै शुक्रबार निर्वाचन प्रक्रिया स्थगन गरिएको थियो ।