२०८३ बैशाख १२ , शनिवार

बढ्यो वाणिज्य बैंकहरूको निक्षेप, कस्तो छ कर्जाको अवस्था ?

New Notee

सुनाखरी न्युज/ काठमाडौं ।
चालु आर्थिक वर्षमा वाणिज्य बैंकहरूको निक्षेप करिब ६ खर्ब रुपैयाँले बढेको छ ।

नेपाल बैंकर्स संघका अनुसार चैत मसान्तसम्म बाणिज्य बैंकहरुको निक्षेप ५ खर्ब ९७ अर्ब १७ करोड रुपैयाँले वृद्धि भएको छ । यस अवधिमा कर्जा भने २ खर्ब ७६ अर्ब ३९ करोड रुपैयाँले वृद्धि भएको छ ।

यो अवधिमा कर्जा भने पौने ३ खर्ब रुपैयाँ मात्रै गएको छ ।  लगानीको वातावरण नहुँदा कर्जा विस्तारमा सुस्तता आएको देखिन्छ ।

नयाँ सरकारको गठन सँगै स्थायीत्व कायम हुने र कर्जा बृद्धि हुने अपेक्षा गरिएको छ ।