२०८३ बैशाख १० , बिहिवार

१५ औँ महाधिवेशन सफल बनाउन सबैलाई साथ लिएर अघि बढ्छौं : कांग्रेस सभापति थापा

Gajan
सुनाखरी न्युज/ मोरङ ।
 नेपाली कांग्रेसका सभापति गगन थापाले १५ औँ महाधिवेशन सफल बनाउन सबैलाई साथ लिएर अघि बढ्ने बताउनुभएको छ ।
आज विराटनगर विमानस्थलमा  सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले त्यसका लागि सबै साथीहरुसँग संवादमा रहेको बताउनुभयो ।
अध्यक्ष थापाले नेपाली कांग्रेस सङ्घीय संसद्मा प्रतिपक्षमा रहे पनि सात प्रदेश र स्थानीय निकायमा अग्र स्थानमा रहेकाले पार्टीको काँधमा ठूलो जिम्मेवारी रहेको बताउनुभयो ।
उहाँले पार्टीको केन्द्रीय समितिको निर्णयले वर्तमान सरकारप्रति मुलुकमा सुशासन कायम गर्ने तथा संविधानको कार्यान्वयनलगायत जनतासँग सम्बन्धित विषयमा सहयोग रहने बताउनुभयो ।
रासस