२०८३ बैशाख १० , बिहिवार

इजरायल लगायतका ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

Malaysia Japan Carbon Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला गरेको छ ।

इजरायल-अमेरिका तथा इरानबीचको युद्धका कारण स्थगति पुनस् श्रम स्वीकृति खुला गरिएको हो ।

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ३१ चैत २०८२ मा बसेको मन्त्रीस्तरीय निर्णयबाट इजरायल, कुवेत, बहराइन र लेबनानको पुनस् श्रम स्वीकृति खुला गरिएको हो ।

इराकका हकमा भने ११ पुस २०८२ को निर्णय बमोजिम हुने गरी श्रम स्वीकृति प्रदान हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।

 

श्रम मन्त्रालयले १७ फागुन २०८२ को मन्त्रीस्तरीय निर्णय गर्दै पश्चिम एसिया तथा खाडी मुलुक साउदी अरब, यूएई, कतार, ओमान, यमन, जोर्डन, टर्की, इजरायल, कुवेत, बहराइन, लेबनान र इराकको श्रम स्वीकृति तथा पुनस् श्रम स्वीकृति स्थगन गरेको थियो ।