
सुनाखरी न्युज/ काठमाडौँ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
बैठकमा समसामयिक विषयमा छलफल हुने भनिए पनि विषय नखुलाइएको दुलालले जानकारी दिए ।
आज नै प्रतिनिधि सभामा संसदीय दलको नेता चयनका लागि प्रक्रिया सुरु गर्ने कांग्रेसले बताएको छ । त्यसबारे पनि छलफल हुने नेताहरूले जानकारी दिएका छन् ।
त्यस्तै पार्टीको १५ औँ महाधिवेशनको तयारी र पार्टीभित्रको विवाद समाधानबारे पनि बैठकमा छलफल हुनेछ ।