
सुनाखरी न्युज/ काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा रहेको ढुंगा निकालिएको छ ।डा। पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले ओलीको शल्यक्रिया गरेर पित्तथैलीमा रहेको ढुंगा निकालेको हो ।
शल्यक्रियामा संलग्न चिकित्सकका अनुसार शल्यक्रिया सकिएसँगै ओलीलाई आईसीयूमा सारिएको छ । पित्तथैलीमा रहेको ढुंगा २२ एमएमको रहेको चिकित्सकहरूले बताएका छन् ।
ओलीको गिरफ्तारी लगत्तै ओलीकी पत्नी राधिका गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।
सर्वोच्च अदालतले २३ चैत बेलुका पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैत बिहीबारभित्र टुंग्याउन आदेश दिएको थियो ।