
सुनाखरी न्युज/ काठमाडौं ।
महिला यात्रुलाई अपशब्द बोल्दै भिडियो बनाएको आरोपमा राइड सेयरिङका चालक पक्राउ परेका छन् । काठमाडौंको नक्साल भगवती बाहल मन्दिर नजिकै राइड सेयरिङका क्रममा मोटरसाइकलमा रहेकी महिलालाई लक्षित गरी अपशब्द प्रयोग गर्दै भिडियो बनाइ सामाजिक सञ्जालमा राख्ने युवकलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
ती युवकले अनुमतिविना भिडिओ खिचेर आफनो सामाजिक सञ्जालमा राखेका थिए । सोही आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
साथै पीडित पक्षलाई सम्बन्धित कार्यालय वा नजिकैको प्रहरी कार्यालय मार्फत उजुरी दिई थप अनुसन्धानमा सहजिकरण गरिदिन प्रहरीले अनुरोध गरेको छ ।