२०८३ बैशाख १० , बिहिवार

भोक लाग्दा किन बढी रिस उठ्छ, यस्तो छ कारण

OIP

 

सुनाखरी न्युज/ काठमाडौं ।

लामो समयसम्म केही नखाई बस्दा तपाईं चिढिने, रिसाउने वा असहज महसुस गर्ने गर्छन्रु यस्तो अवस्थामा मानिस सानोतिनो कुरामा झर्को मान्न थाल्छ, संवादमा चर्किन्छ, वा अनावश्यक तनाव महसुस गर्छ।भोकले हाम्रो दिमाग प्रभावित गर्छ । भोकका कारण कतिपय समयमा निकै रिस उठ्ने गर्छ । यदि भोक लागेको छ भने अन्य समय भन्दा धेरै रिस उठ्ने गरेको अनुसन्धानले प्रमाणित गरेको छ । विभिन्न अध्ययनले भोक लाग्दा शरीरमा हुने प्रतिक्रिया र रसायनहरुको सक्रियाताले रिस उठ्ने विषय देखाएका छन् ।

भोक र रिसको सम्बन्ध
मानव मस्तिष्क र शरीरको कार्यप्रणाली अत्यन्तै जटिल हुन्छ। भोक लाग्दा शरीरमा केही रासायनिक परिवर्तन हुन्छन्, जसले मानसिक र भावनात्मक अवस्थालाई पनि प्रभाव पार्छ। जब शरीरलाई आवश्यक ऊर्जा  ( ग्लुकोज)  प्राप्त हुँदैन, तब मस्तिष्कका केही महत्वपूर्ण क्षेत्र — विशेषतः हाइपोथालामस र एमिग्डाला — प्रभावित हुन्छन्।

‘काउन्टर- रेगुलेटरी’ हर्मोनको उत्सर्जन

जब रगतमा ग्लुकोजको स्तर धेरै तल झर्छ, मस्तिष्कले शरीरका विभिन्न अंगहरूलाई ग्लुकोज बढाउने हर्मोनहरू छोड्न निर्देशन दिन्छ । तीमध्ये दुई प्रमुख हर्मोन हुन्

एड्रेनालिन :  यसलाई ‘फाइट अर फ्लाइट’ ९लड्ने वा भाग्ने० हर्मोन भनिन्छ । यो हर्मोन तनावको बेला निस्कन्छ, जसले मानिसलाई उत्तेजित र आक्रामक बनाउँछ ।

कोर्टिसोल :  यसलाई ‘स्ट्रेस हर्मोन’ भनिन्छ, जसले शरीरमा तनावको स्तर बढाउँछ ।

घ्रेलिन हर्मोनको प्रभाव
भोक लाग्दा उत्पादन हुने अर्को प्रमुख हर्मोन घ्रेलिन हो। यो हर्मोनले न केवल भोक बढाउँछ, तर मस्तिष्कको भावना नियन्त्रण गर्ने क्षेत्रलाई पनि उत्तेजित गर्छ। यसैले भोक लाग्दा मानिस चिडचिडे देखिन्छ।

को को बढी प्रभावित हुन्छन्
बालबालिका :  सानो उमेरका बच्चाले आफ्ना भावना नियन्त्रण गर्न नसक्ने भएकाले उनीहरू भोक लाग्दा झन् चर्किन्छन्।
महिला :  हर्मोनल चक्रका कारण महिलामा भोकको असरले मूड स्विङ बढी गराउँछ।
तनावग्रस्त व्यक्ति :  पहिले नै तनावमा रहेका मानिसमा भोकको असरले चाँडै चिढिने प्रवृत्ति थप बढाउँछ।

समाधान के हो ? 
पानी प्रशस्त पिउने
कहिलेकाहीं शरीरलाई भोक र तिर्खाको भिन्नता छुट्याउन मुस्किल हुन्छ। पानीको कमीले पनि चिढचिढेपन बढाउँछ।

नियमित खानपान
दैनिक निश्चित समयमा भोजन गर्ने बानीले रक्तचिनी स्थिर रहन्छ। तीन छाक नियमित भोजन र बीचमा हल्का नाश्ता उपयुक्त हुन्छ।
प्रोटीन र फाइबरयुक्त भोजन
कार्बोहाइड्रेट मात्र नभई प्रोटीन र फाइबरले भरिएको भोजन गर्दा पेट ढिलो र तृप्त रहन्छ, जसले भोक चाँडै लाग्दैन।