
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डितराष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले राष्ट्र बैंकको रिक्त दुई डेपुटी गभर्नरमध्ये एकमा पण्डितलाई नियुक्त गरेको हो ।
संघीय मामिला तथा प्रशासनमन्त्री प्रतिभा रावलका अनुसार, अर्थ मन्त्रालयले गरेको प्रस्तावमा उनलाई डेपुटी गभर्नर नियुक्त गरिएको हो ।