
सुनाखरी न्युज/ काठमाडौं ।
प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल ( डीपी ) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।सत्तारुढ दल रास्वपाले उपसभापति डीपी अर्याललाई सभामुखमा अघि बढाएको हो ।
एकल उम्मेदवारी परेसँगै उनी निर्विरोध निर्वाचित भएका थिए ।
आइतबार दिउँसो राष्ट्रपति कार्यालय भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई सभामुख पदको पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।