२०८३ बैशाख १० , बिहिवार

सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले सोमबारदेखि लागू हुने गरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ ।
सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको उनले बताए । प्रवक्ता पोखरेलका अनुसार चैत २३ गतेदेखि यो शनिबार र आइतबार बिदा लागू हुनेछ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो । साथै शैक्षिक संस्थाबाहेका कार्यालयहरूमा कार्यालय समय ९ बजेदेखि ५ बजे रहने पनि उनले जानकारी दिए ।

त्यस्तै आजको मन्त्रिपरिषद् बैठकले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था गर्ने निर्णय गरेको छ ।