२०८३ बैशाख १० , बिहिवार

सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित, शपथ आजै

dp

सुनाखरी न्युज/ काठमाडौं ।

प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित भएको घोषणा भएको छ ।

प्रतिनिधिसभाको आइतबार बसेको  बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

 

गत शुक्रबार सभामुख पदमा उम्मेदवारले मनोनयन गर्ने तालिका थियो । त्यसदिन अर्यालको मात्रै उम्मेदवारी परेको हो ।

उहाँको शपथ आजै हुने बताइएको छ ।