
सुनाखरी न्युज/ लमही ।
सुनचाँदी व्यवसायीहरूले सुनचाँदी ब्यवसायमा देखिएका कर तथा राजस्व सम्वन्धी समस्या सल्टाउन र ब्यवसाय मैत्री नीति निर्माणगरी सहज रुपमा ब्यवसाय सञ्चालन गर्ने वातावरण निर्माणगर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।
प्रष्ट नीतिको अभाव र ब्यवसायीमाथि थुपरिएको अनावश्यक करको भारका कारण आम ब्यवसायीहरु ब्यवसाय सञ्चालन गर्नै नसक्ने अवस्थामा पुगेको भन्दै सुनचाँदी पेशा ब्यवसायमा आवद्ध ब्यवसाययीहरुले यस्तो आग्रह गरेका हुन् ।
नेपाल सुनुुचाँदी ब्यवसायी महासंघ लुम्विनी प्रदशेको पाँचौं र छैठौं वार्षिक साधारण सभाको अवसरमा दाडको लमहिमा आयोजित कार्यक्रममा ब्यवसायीहरुले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रममा वक्ताहरूले जन्मदेखि मृत्यु संस्कारसम्म प्रयोग हुने सुनचाँदीमा विलासिता कर लगाउँदा उपभोक्ता र व्यवसायी दुवै मारमा परेको गुनासो गरेका छन् ।
उनीहरूले नयाँ सरकारले आगामी आर्थिक वर्षदेखी उक्त कर हटाउने व्यवस्था गर्न महासंघले आवाज उठाउनु पर्नेमा जोड दिएका छन् । साथै राज्यले आफुहरु लगानीको सुरक्षा गर्दै सहजरुपमा व्यवसाय गर्ने बाताबरण बनाउन माग गरेका छन् ।
महासंघ लुम्बिनी प्रदेशका सभापति धुव्रराज गहतराजको अध्यक्षता एवं महासंघका केन्द्रीय द्वितीय उपाध्यक्ष बुद्धि बहादुर विक (दियाली) को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथि दियालीले विलासिताको करका विरुद्धमा महासंघ उभिएको बताउनु भयो ।
उहाले राज्यले सुनचाँदीमा विलासिताको कर लगाउनु उपयुक्त नभएको भन्दै विगतमा विरोध र आन्दोलनको कार्यक्रम समेत गरेको स्मरण गराउदै राज्यले केहि सुधार गरेको बताउनु भयो । तर अझै पनि व्यवसायीका तमाम समस्या भएकाले यसमा राज्यले ध्यान दिनुपर्ने उहाले बताउनुभयो । साथै उहाले महासंघले विगत देखी नै व्यवसायीको हितको पक्षमा मुद्दा उठाउदै आएको र बर्तमान सरकारसंग सुनचाँदी सम्बन्धी नयाँ निति नियम बनाउनका लागी पहल गर्ने बताउनुभयो । यसका लागी सुनचाँदी व्यवसायीका जिल्ला ,नगर र प्रदेशका बिचमा सहकार्य र एकता हुन सके मात्रै महासंघले सरकारको ध्यानाकर्षण गराउनु सक्ने उहाले बताउनुभयो ।
कार्यक्रममा बोल्दै महासंघका कोषाध्यक्ष सुदीप श्रेष्ठले सुनचाँदी व्यवसायसँग सम्बन्धित छुट्टै ऐन निर्माणको आवश्यकता रहेको औंल्याउनु भएको थियो । साथै उहाले आवश्यक नीति तथा नियमको अभावका कारण व्यवसायीहरूले विभिन्न समस्या भोग्नुपरेको भन्दै यसका लागी महासंघले विगत देखी नै राज्यको ध्यानाकर्षण गराउदै आएको बताउनुभयो ।
महासंघ लुम्बिनी प्रदेशका प्रथम उपसभापति हरि बहादुर सुनारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा केन्द्रीय सदस्यहरू मदन केसी, लोक बहादुर स्वर्णकार , चेतनारायण विश्वकर्मा, भीमसेन विक, राजेन्द्र सुनार, दिपक विश्वकर्मा, बुटवल उपमहानगरकाका कार्यपालिका सदस्य कृष्ण सुनार, सुनचाँदी व्यवसायी महासंघ रोल्पाका अध्यक्ष अनिल सुनार, दाङ तुलसीपुर सुनचाँदी व्यवसायी संघका महासचिव तुलसीराम सुनार, प्युठान सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष रामचन्द्र सुनार, पाल्पा सुनचाँदी व्यवसायी संघका अध्यक्ष प्रेम पौडेल, वुटवल सुनचाँदी व्यवसायी संघका अध्यक्ष गोकुल विश्वकर्मा, नेपालगन्ज सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष सल्लाउद्दिन जस्कर, बर्दिया सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष कृष्ण सुनार, रुपन्देही सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष गोपाल रामदाम, घोराही सुनचाँदी व्यवसायी संघका महासचिव मान बहादुर विश्वकर्मा, गुल्मी सुनचाँदी व्यवसायी संघका अध्यक्ष झवेन्द्र विक, नवरपरासी सुनचाँदी व्यवसायी संघका अध्यक्ष देवेन्द्र विक र अर्घाखाची सुनचाँदी व्यवसायी संघका अध्यक्ष जिपलाल सुनार लगाएतले बोल्नु भएको थियो ।
कार्यक्रममा महासंघका प्रदेश सचिव हरिकृष्ण विकले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष परिवर्तन विश्वकर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण पनि सचिव हरिकृष्ण विकले गर्नुभएको थियो । सो अवसरमा महासंघले प्रकाशन गरेको २०८३ सालको नयाँ पात्रो विमोचन गरिएको थियो ।