
सुनाखरी न्युज/ काठमाडौं ।
गुण्डागर्दीको आरोपमा सानुभाइ’ भनिने युवराज गुरुङ पक्राउ परेका छन् । गुण्डागर्दीको आरोपमा पहिले पनि पक्राउ पर्दै र छुट्दै आएका गुरुङलाई गएराति सामाखुसीबाट पक्राउ गरेको एसएसपी रमेश थापाले जानकारी दिए ।
२०८० सालको असारमा ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका बेला गुरुङलाई प्रहरीले हत्कडीसहित ठमेल बजार क्षेत्रमा घुमाएको थियो ।
त्यतिबेला गुण्डागर्दीमा संलग्नलाई ‘सबक’ सिकाउन भन्दै प्रहरीहरुले हतकडीसहित बजार घुमाएका थिए।पछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अभद्र व्यवहारको कसुरमा उनलाई १० हजार रुपैयाँ धरौटीमा छाडेको थियो ।