
सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछाने र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।
त्यस अवसरमा उहाँहरुबीच समसामयिक राजनीतिक अवस्था, मधेस क्षेत्रको विकासका निम्ति आगामी दिनमा प्राथमिकता दिनुपर्ने योजनाहरूका विषयमा छलफल भएको अध्यक्ष लामिछानेको सचिवालयले जनाएको छ ।