२०८३ बैशाख १० , बिहिवार

संघीय संसद् सचिवालय द्धारा सर्वदलीय बैठक आह्वान

Parliamentry

सुनाखरी न्युज/ काठमाडौं ।
संघीय संसद् सचिवालयले सर्वदलीय बैठक बोलाएको छ ।

संसद्को अधिवेशन आह्वान भएसँगै त्यसको तयारीका लागि  संसद्‍मा प्रतिनिधित्व गर्ने सबै दललाई भोलि बुधबार अपराह्न १ बजे सर्वदलीय बैठकका निम्ति आमन्त्रण गरिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को यही चैत १६ गतेको सिफारिसअनुसार यही चैत १९ गते अपराह्न २ बजे संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । सोही अनुसार संसद्को पहिलो बैठक यही चैत १९ गते अपराह्न २ बजे बस्दैछ ।

बैठकले सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउने छ । प्रतिनिधिसभामा राष्ट्रिय मान्यताप्राप्त रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा गरी ६ राजनीतिक दलको सहभागिता छ ।