
सुनाखरी न्युज/ काठमाडौं ।
सेयर बजार बुधबार घटेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा आज २४.४५ अंक घटेको हो । सो कमीपछि नेप्से २९३५ अंकमा कायम भएको छ । अघिल्ला पाँच कारोबार दिन लगातार बढेको नेप्से अघिल्लो दिन नेप्से २३.८३ अंक बढेको थियो ।
बजार घट्दा पनि कारोबार रकम बढेको छ, अघिल्लो दिन १४ अर्ब ८३ करोडको कारोबार भएकोमा आज १५ अर्ब ९ करोडको भयो । ४५ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने ७ को स्थिर रह्यो ।
५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् । त्यस्तै पन्चकन्या माइ हाइड्रोको ९।७ प्रतिशत मूल्य बढ्यो ।
अभियान लघुवित्तको मूल्य सबैभन्दा धेरै ७।७४ प्रतिशत घट्यो । सालपा विकास बैंकको ६।९९, कर्पोरेट डेभलपमेन्टको ६।७१, सिन्धु विकास बैंकको ६।०९ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, अपी पावर, शिवम् सिमेन्ट, सुपर मादी हाइड्रोपावर र एसवाई प्यानल छन् ।