२०८३ बैशाख १० , बिहिवार

यसरी घटाउन सकिन्छ तौल, तर कस्तो खानेकुरा ?

fat

 

सुनाखरी न्युज / काठमाडौं । 
टन्न खाएर पनि मोटोपना घटाउन सकिन्छ भन्ने सुन्दा तपाई हामीलाई अचम्म लाग्न सक्छ।  हाम्रो खानामा भएको क्यालोरीको मात्रा घटाएर पोषक तत्व नघटाउदा पनि मोटोपना घटाउन सक्छौं। मोटोपन नियन्त्रणका लागि आवश्य पनि खानपानको भूमिका हुन्छ । त्यसैले खानामा भएको क्यालोरीको मात्रा घटाउने हो, पोषक तत्व होइन । जब हामी खानेकुराको मात्रा घटाउन थाल्छौं, पोषक तत्व पनि कम हुन्छ । यसले गर्दा शरीरको बोसो घट्दैन बरु मांसपेशी र शरीरको पानी घट्न थाल्छ । जुन एकदमै हानिकारक हुन्छ । किनभने घट्नुपर्ने त बोसो मात्र हो ।

हाम्रो उमेर, शरीर, जीवनशैली अनुसार कति क्यालोरी लिने भन्ने कुरा तय गर्न सकिन्छ । शरीरलाई कार्बोहाइड्रेट, प्रोटिन, बोसो जस्ता सबै पोषक तत्व चाहिन्छ। रेसादार, ताजा खानेकुरामा पोषकतत्व पाइन्छन्, बजारमा उपलब्ध प्रशोधित खानेकुरामा होइन। टन्नै सागपात, गेडागुडी तथा आफ्नो भूगोलमा पाइने मौसमी फलफूल खानुपर्छ। गाँजर, मुला, काँक्रो, केराउ, राजमा, चना, काउली, ब्रोकाउली आदि खानुपर्छ। यी खानेकुराले मोटोपन बढ्दैन। मोटोपन घटाउन भोको पेट वा आधा पेट बस्नु पर्दैन। उच्च क्यालोरी भएको खानेकुरा नखाए हुन्छ। बजारमा पाइने प्रशोधित खानेकुरा चाउचाउ, विस्कुट, चिप्स, कोकाकोला, पेप्सी आदि चाहिं उच्च क्यालोरीयुक्त खानेकुरा हुन्। यस्ता खानेकुराबाट शरीरलाई जरुरी पोषक तत्व प्राप्त हुँदैन।

खाने तरिकामा परिवर्तन
बिस्तारै चपाएर खाने मस्तिष्कलाई पेट भरिएको संकेत पाउन करिब २० मिनेट लाग्छ। बिस्तारै चपाएर खाँदा थोरै खानाले पनि पेट भरिन्छ।साना कचौरा वा प्लेटको प्रयोगस् ठूलो प्लेटमा थोरै खाना देख्दा मानसिक रूपमा अझै खान बाँकी छ जस्तो लाग्छ। सानो प्लेटमा खाना टन्न देखिँदा अघाएको महसुस हुन्छ।

के खाने ? 

शरीरलाई कार्बोहाइड्रेट, प्रोटिन, बोसो जस्ता सबै पोषक तत्व चाहिन्छ । रेसादार, ताजा खानेकुरामा पोषकतत्व पाइन्छन्, बजारमा उपलब्ध प्रशोधित खानेकुरामा होइन । टन्नै सागपात, गेडागुडी खानुपर्छ । आफ्नो भूगोलमा पाइने मौसमी फलफूल खानुपर्छ । गाँजर, मुला, काँक्रो, केराउ, राजमा, चना, काउली, ब्रोकाउली आदि खानुपर्छ । चामल, आलु, माछामासु पनि भरपेट खाए हुन्छ । यी खानेकुराले मोटोपन बढ्दैन ।मोटोपन घटाउन भोको पेट वा आधा पेट बस्नु पर्दैन । उच्च क्यालोरी भएको खानेकुरा नखाए हुन्छ । बजारमा पाइने प्रशोधित खानेकुरा चाउचाउ, विस्कुट, चिप्स, कोकाकोला, पेप्सी आदि चाहिं उच्च क्यालोरीयुक्त खानेकुरा हुन् । यस्ता खानेकुराबाट शरीरलाई जरुरी पोषक तत्व प्राप्त हुँदैन ।