२०८३ बैशाख १० , बिहिवार

निर्वाचनको समीक्षा गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

Congress

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

मंगलबार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

 

उनका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । यसअघि शुक्रबार र आइतबार दुई दिन केन्द्रीय कार्यसमिति बैठक बसेको थियो ।

बैठकले सभापति गगन कुमार थापाले पेश गरेको राजीनामा अस्वीकृत गर्ने निर्णय लिएको थियो । साथै, निर्वाचनबारे प्रारम्भिक समीक्षा पनि गरेको थियो ।

 

मंगलबार बस्ने बैठकमा निर्वाचनको पूर्ण समीक्षा हुने पनि नेताहरूले बताएका छन् । भोलिको बैठकमा सभापति थापा पनि उपस्थित हुनेछन् ।

निर्वाचनपछि गगन पहिलोपटक बैठकमा सहभागी हुन लागेका हुन् । शुक्रबार र आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठक उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा बसेको थियो ।