
सुनाखरी न्युज/काठमाडौं ।
बलिउड अभिनेता रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ ( धुरन्धर: द रिभेन्ज ) ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ ।यसअघि साहरुख खान स्टारर ‘जवान’को नाममा रहेको सर्वाधिक ओपनिङको रेकर्डलाई उछिन्दै ‘धुरन्धर २’ पहिलो दिनमै १०० करोड क्लबमा प्रवेश गर्ने पहिलो बलिउड फिल्म बनेको छ । यो फिल्म हेर्नका लागि भारतीय हलमा दर्शकको चाप निकै उच्च छ । पहिलो दिन २१ हजारभन्दा बढी शो पाएको यस फिल्मको अकुपेन्सी ७१ प्रतिशतभन्दा बढी रहेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।
यो फिल्मको चर्चा सामाजिक सञ्जालमा पनि तहल्का पिटिरहेको छ । बलिउड फिल्मका लागि ‘धुरन्धर २’को ओपनिङ ऐतिहासिक हो । ‘बाहुबली : द कन्क्लुजन’ को हिन्दी संस्करणले यो रेकर्ड राखेको थियो । त्यसपछि ‘पुष्पा २’ को हिन्दी संस्करणले रेकर्ड रच्यो । बीचमा पठान, गदर २, जवान र स्त्री २ ले उछाल कमाइ गरे । यी फिल्मले नेट कमाइमा रेकर्ड राखे तर, कर न्यून भएको कारणले यी फिल्मको वास्तविक कमाइ पनि न्यून रह्यो ।
बुधबार इतिहास बदलियो । ‘धुरन्धर’ ले पाँचौ मंगलबार भारतीय बक्सअफिसमा ४.२५ करोड भारु कमाइ र्गयो । यो सँगै आदित्य धर निर्देशित फिल्म भारतीय बक्सअफिसमा सर्वकालिन धेरै कमाउने हिन्दी फिल्म बन्यो । नेपालमा पनि ‘धुरन्धर २’ बिहीबारबाट प्रदर्शनमा आएको छ । हलहरू उदार बनेर शो दिएका छन् । बुकिङ पनि उच्च छ । केही हलहरूले राति ११ बजेको शो पनि छुट्याएका छन् । जुन शो सकिन बिहानको ३ बज्छ ।