२०८२ चैत्र ६ , शुक्रवार

सुनको भाउ निरन्तर ओरालो, तोलामा ७ हजार ८ सय रुपैयाँ घट्यो

Gold Silver

सुनाखरी न्युज/ काठमाडौं । सुनको भाउ शुक्रबार  तोलामा ७ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन ३ लाख २ हजार ३ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ प्रतितोला ११५ रुपैयाँ घटेको छ । महासंघले आज चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन ५ हजार १० रुपैयाँ थियो ।

गत माघ १५ गते सुनचाँदीको भाउ हालसम्मकै उच्च भएको रेकर्ड छ । सो दिन सुन तोलामा ३ लाख ३९ हजार ३ सय र चाँदी ७ हजार ५०५ रुपैयाँ पुगेको थियो ।

रेकर्ड मूल्यबाट सुनको भाउ करिब ४५ हजार रुपैयाँ घटिसकेको छ ।