२०८२ चैत्र ५ , बिहिवार

६४ अंकले बढ्यो सेयर बजार, २१ अर्ब नाघ्यो कारोबार

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।

सेयर बजार बिहीबार  ६४.६९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २८७७ मा कायम भएको छ । आज बजार खुलेदेखि निरन्तर उकालोमा रह्यो ।

बजारको परिसूचक नेप्सेका अलवा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १२ अर्ब ३ करोडको कारोबार भएकोमा आज २१ अर्ब २२ करोडको भयो ।

 

यसअघि फागुन २६ गते २१ अर्ब ५० करोडको कारोबार भएको थियो । त्यस्तै २०८१ साउन ३१ गते हालसम्मकै उच्च २९ अर्ब ९५ करोडको कारोबार भएको रेकर्ड छ । २४० कम्पनीको मूल्य बढ्दा २२ को घट्यो भने २ को स्थिर रह्यो ।

सबै समूहका सूचक बढेका छन् ।

५ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।

माहुली लघुवित्तको मूल्य सबैभन्दा धेरै २.९७ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, नेसनल हाइड्रोपावर, रिडी पावर, आँखुखोला जलसवद्युत् र माथिल्लो तामाकोशी छन् ।