२०८२ चैत्र १ , आइतवार

नेपाली ग्राहकहरूका लागि आकर्षक बचतको अवसर सहित दाराजद्वारा “द रियल सेल”को घोषणा

arthapranali-2

 

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित “द रियल सेल” अभियानकोे घोषणा गरेको छ । यो सेल मार्च १५ (चैत १, २०८२) बेलुका ८ बजेदेखि मार्च २० (चैत ६) सम्म सञ्चालन हुने जानकारी दिएको छ । यस अभियान अवधिभर ग्राहकहरूले ६०% सम्मको छुट, छनोट गरिएका सामानहरूमा निःशुल्क डेलिभरी तथा रु. ६३ लाख बराबरका भौचरहरू सहितका आकर्षक अफरहरू प्राप्त गर्न सक्नुहुनेछ । अधिल्ला सेलहरुमा झैँ यस सेलमा पनि विशेष साझेदार अफरहरू पनि समावेश गरिएका छन् । जसअन्तर्गत प्लाटिनम पार्टनर चर्च एण्ड ड्विाइट र ¥होटोका तर्फ बाट ४४% सम्मको छुट, गोल्ड पार्टनर ब्राण्डहाउसका तर्फ बाट ६०% सम्मको छुट, तथा सिल्वर पार्टनर नाइकका तर्फ बाट ५०% सम्मको छुट उपलब्ध हुने जानकारी दिइएको छ ।

ग्राहकको विश्वास अझ सुदृढ बनाउन यसपटक पनि “बेष्ट प्राइस” ट्याग भएका उत्पादनहरूमा दाराजको दूई गुणा प्राइस डिफ्रेन्स रिफन्ड प्रमिस लागू हुने दराजले प्रेस बिज्ञप्ति मार्फत जानकारी दिएको छ । यस अन्तर्गत, यदि ग्राहकले नेपालभित्रको अर्को कुनैपनि अनलाइन प्लेटफर्ममा सोही उत्पादन दराजमा निर्धारित भन्दा कम मूल्यमा उपलब्ध भएको भेट्टाएमा र योग्यताको सर्त पूरा भएमा दराजले मूल्य फरकको दोब्बर रकम फिर्ता गर्नेछ ।

छुटहरूभन्दा बाहिर, “द रियल सेल” को उद्देश्य देशभरका ग्राहकहरूलाई मूल्य, सुविधा तथा उत्पादनहरूको विस्तृत छनोटलाई एकसाथ जोड्दै सहज र लाभदायक अनलाइन किनमेल अनुभव प्रदान गर्नु भएको कम्पनीले बताएको छ । यस सेल अवधि भर ग्राहकहरूले स्वास्थ्य तथा सौन्दर्य, फेशन, अडियो तथा वेयरेबल्स, फर्निचर, गृह सजावट लगायत विभिन्न क्याटेगोरीहरूमा उपलब्ध अफरहरूको लाभ लिन सक्नुहुनेछ । अभियानले उपभोक्तालाई आफ्ना मनपर्ने उत्पादनहरू आकर्षक मूल्यमा किनमेल गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ । दराज नेपालको “द रियल सेल” सम्बन्धी थप जानकारीका लागि धधध।मबचबश।अयm।लउ, दराज नेपालको फेसबुक पेज वा दराज एप प्रयोग गर्नुहोस् ।

दराज गु्रपका बारेमा  : 

सन् २०१५ मा स्थापित दराज, दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । यसले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा आफ्नो सेवा उपलब्ध गराउँदै आइरहेको छ । दराजले ५० करोडभन्दा बढी जनसंख्या भएको क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोगमार्फत बिक्रेता र उपभोक्ताहरूलाई जोड्दै आएको छ । ई–कमर्स, ढुवानी, भुक्तानी तथा वित्तीय सेवाहरू समेट्ने समग्र पूर्वाधारको विकास गर्दै, दराजले दक्षिण एशियाली समुदायलाई व्यापारको शक्तिबाट सशक्त बनाउने उद्देश्य लिएको छ ।
थप जानकारीका लागि www.daraz.com मा जानुहोस् वा दराजको लिंक्डइन पेज (www.linkedin.com/company/daraz/ मा लगअन गर्नुहोस् ।

मिडिया सम्पर्कः

प्रारम्भ दाहाल
कम्युनिकेसन म्यानेजर

Daraz Nepal

prarambha.dahal@daraz.com.np