
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय कोषाध्यक्ष सुदिप श्रेष्ठले राज्यले सुनचाँदी सम्बन्धी छुट्टै निति र नियम बनाउन आबश्यक रहेको बताउनु भएको छ । उहाले सुनचाँदी सम्बन्धी स्पष्ट निति नहुदा व्यवसायीहरुले विभिन्न खाले समस्या भोग्नु परेको भन्दै यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउनु भएको छ ।
तुलसीपुर दाङ सुनचाँदी व्यवसायी संघको फागुन ३० गते शनिवार तुलसीपुर ग्रिनपार्कमा सम्पन्न भएको १६ औँ बार्षिकोत्सव एवं छैठौँ साधारण सभालाई सम्वोधन गर्दै उहाले यस्तो बताउनु भएको हो ।
महासंघले सुनचाँदी सम्बन्धी स्पष्ट कानुन ल्याउन यस अघिको सरकारलाई बारम्बार ध्यानाकर्षण गराउदा पनि ढिलाई भएको भन्दै अब बन्ने नयाँ सरकारले यसमा ध्यान दिनुपर्ने उहाले बताउनुभयो । साथै उहाले यो पेशालाई सुरक्षित र बजार व्यवस्थापनका लागी महासंघले पहल गरीरहेको बताउदै विलासिताको करलाई आगामी सरकारले सच्याउनु पर्ने माग गर्नुभएको छ ।
संघका अध्यक्ष हरिकृष्ण विकको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रिय सदस्यहरु मदन केसी र लोक बहादुर स्वर्णकारले महासंघले व्यवसायीको हक र हितका पक्षमा आवाज उठाउदै आएको बताउदै कर प्रणालीलाई एकीकृत गर्नुपर्ने माग गर्नुभएको छ । सोहि अवसरमा बोल्दै नेपाल सुनचाँदी व्यवसायी महासंघ मधेस प्रदेशका अध्यक्ष रामजी शाहले सरकारले विलासिताको कर हटाउनुपर्ने माग गर्नुभएको छ ।
सुनचाँदी गरगहनाका लागी आवश्यक पर्ने कच्चा पदार्थको सहज आपुर्तिका लागी राज्यले निति नियम बनाउनुपर्ने उहाले बताउनु भयो ।यस्तै कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ती समाजका केन्द्रिय निवर्तमान बरिष्ठ उपसभापति तथा पत्रकार शुसील बस्नेतले व्यवसायीका समस्याहरु छलफल र सम्वादको माध्यमबाट सरकारको ध्यानाकर्षण गराउनु पर्ने बताउनु भयो ।
उहाले सकारले व्यवसायीहरुको लगानी सुरक्षाको प्रत्याभुती गराउनु पर्ने बताउनु भएको छ ।सो अवसरमा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विनिल केसी, नेपाल राष्ट्रिय दलित समाज कल्याण् संघका केन्द्रिय उपाध्यक्ष जोगेन्द्र विश्वकर्मा, तुलसीपुर दाङ सुनचाँदी व्यवसायी संघका सल्लाहकार मिनराज वली, संघका कानुनी सल्लाहकार मधुसुधन गौतम, मानव अधिकार तथा शान्ती समाजका केन्द्रिय निवर्तमान सचिव निर्मल नेपाली, मानव अधिकार तथा शान्ती समाज दाङका अध्यक्ष तथा संघका सहकोषाध्यक्ष कोमल डिसी, सल्यान सुनचाँदी व्यवसायी संघका प्रतिनिधि शान्तराम सुनार, तुलसीपुर चेम्वर अफ कर्मशका बरिष्ठ उपाध्यक्ष सन्तोष खड्का र व्यवसायीको तर्फबाट संघका सदस्य सुस्मा स्वर्णकार लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा संघका महासचिव तुलसीराम सुनारले सांगठिक प्रतिवेदन र संघका कोषाध्यक्ष लिला बहादुर वलीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । साथै सभाको बन्दसत्रले प्रस्तुत सांगठनिक र आर्थिक प्रतिवेदन पास गरेको छ भने विधानका केहि प्रावधानहरु संशोधन प्रस्तावलाई पनि पास गरेको छ । कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष मनोज शाहले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण महासचिव तुलसीराम सुनार र सचिव मोहनलाल विकले गर्नुभएको थियो ।