२०८२ फाल्गुन २८ , बिहिवार

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

saudi_final_o-768×396

सुनाखरी न्युज/ काठमाडौं ।

साउदी अरेबियामा रहेका सम्पूर्ण नेपालीलाई आधिकारिक निकायबाट जारी हुने समाचार /  निर्देशन /   सूचना बमोजिम सजग रहन अनुरोध गरेको छ।

दूतावासले आज जारी गरेको अनुरोध पत्रमा भनिएको छ, “आधिकारिक रुपमा पुष्टि नभएका कुनै पनि प्रकारका समाचार, सूचना, जानकारी तथा फोटो, भिडियो सामाजिक सञ्जालमा नराख्न, सेयर र पोष्ट नगर्न र सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिने स्थान वा बस्तुको फोटो नखिच्न र भिडियो नबनाउन अनुरोध गर्दछौँ।”

दूतावासले ०११४६१११०८, ०११२८८३७९५, मोबाइल नम्बर ह्वाट्सएप ९६६५०००२५९७३ र ९६६५३४३४३२१३ सम्पर्क गर्न अनुरोध गरेको छ । त्यसैगरी नेपाली महावाणिज्य दूतावास, जेद्दास्थित फोन नं. ०१२६२२६६६५, ०१२६२२६६८३, मोबाइल नम्बरस् ह्वाट्सएपःं९६६५३५०२४१६९। ९६६५५९७४४२५३, ९६६५३१२५४०९९ र  ९६६५३१३२८९५७ मा सम्पर्क गर्नपनि अनुरोध गरेको छ ।