२०८२ फाल्गुन २८ , बिहिवार

खाना पकाउने ग्यास सहज नहुँदा उपभोक्तालाई सास्ती

gas_customer_IFI6DwnUFP-768×432

सुनाखरी न्युज/ काठमाडौं ।

ग्यास बिक्री डिपो बन्द छन् । सीमित खुलेका डिपोहरुमा उपभोक्ताहरुको लामो लाइन देखिन्छ ।आज बिहान यस्तै लामो लाइन बालाजु उद्योगिक क्षेत्रमा देखियो  । काठमाडौंका उपभोक्ताहरूले लामो लाइन र घण्टौं पर्खाइ सामना गर्नुपर्ने अवस्था छ। ग्यास पाउनेहरुको संख्या सीमित छ

कतिपय उपभोक्ताले बिहानै डिपोमा पुगेर पनि ग्यास पाउन नसकेको जानकारी दिएका छन्। यसले दैनिक खाना पकाउने काममा असर पुर्याएको छ।

लामो लाइन र आपूर्ति समस्या सरकारले तत्काल समाधान गर्नु पर्ने अवस्था सिर्जना गरेको छ। नेपालमा भारत हुँदै ग्यास र तेल आयात हुने गर्दछ । तर भारतमै आपूर्ति प्रभावित हुँदा त्यसको असर नेपालमा पनि परेको छ ।

पेट्रोलियम पदार्थको बिक्री वितरणको व्यवस्था मिलाउने नेपाल आयल निगमले समस्या समाधानको प्रयास गरे पनि सफल हुन सकिरहेको छैन ।