
सुनाखरी न्युज / काठमाडौं ।
भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले प्रतिनिधिसभा निर्वाचनमा बहुमत हासिल गरेकामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेनलाई बधाई दिएका छन्।
निर्वाचनको नतिजा सार्वजनिक भइरहँदा भुटानी प्रधानमन्त्री तोब्गेले सामाजिक सञ्जालमार्फत दुवै नेतालाई व्यक्तिगत रूपमा र नेपाली जनतालाई सफल निर्वाचनका लागि शुभकामना दिएका हुन्।
उनले सफल निर्वाचन सम्पन्न गराएकोमा नेपाली जनतालाई पनि बधाई दिदै दुई देशबीचको मित्रता अझ प्रगाढ बनाउने आशा व्यक्त गरेका छन् ।