२०८२ फाल्गुन २५ , सोमवार

सुनसरी – १ मा श्रम संस्कृतीका राई निर्वाचित

harka

 

सुनाखरी न्युज/ काठमाडौं ।

सुनसरी क्षेत्र नं १ बाट श्रम संस्कृती पार्टीका हर्कराज राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार उहाँले ३५ हजार ७४१ मत प्राप्त गर्नुभयो ।

उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी  ( रास्वपा ) का गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गर्नुभयो । त्यस्तै, नेपाल कम्यूनिष्ट पार्टी ९एमाले०का टीकाराम लिम्बुले छ हजार ४६३ मत प्राप्त गर्नु भएको छ ।

यस क्षेत्रमा विभिन्न दल १९ र स्वतन्त्रका ७ जनासहित २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । धरान उपमहानगरपालिका, बराहक्षेत्र, राधुनी गरी जम्मा २७ वडा समेटिएको यस निर्वाचन क्षेत्रमा एक लाख ५० हजार ३९३ मतदातामध्ये ८७ हजार ८ सय ६५ मत खसेको थियो ।  (रासस)