
सुनाखरी न्युज/ काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’ आक्रमण गरिने चेतावनी दिनुभएको छ । उहाँले आवश्यक परे नयाँ लक्ष्यहरूमा आक्रमण गर्न सकिने सङ्केत पनि दिनुभयो ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत भन्नुभयो, “आज इरानमाथि अत्यधिक प्रहार गरिनेछ ।” उहाँले इरानको ‘खराब व्यवहार’ का कारण केही क्षेत्र र समूहहरूलाई पूर्ण विनाश र निश्चय मृत्युको खतरा भैरहेको बताउनुभयो ।
यसअघि इरानी राष्ट्रपति मसूद पेझेस्कियनले उहाँको देश कहिल्यै इजरायल र अमेरिकाको सामु आत्मसमर्पण नगर्ने बताउनुभएको थियो ।
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध अभियान सुरु गरेका थिए, र त्यसयता इरानले इजरायल र गल्फका अमेरिकी क्षेत्रहरूलाई क्षेप्यास्त्र तथा ड्रोनमार्फत प्रहार गर्दै आएको छ । ट्रम्पले थप लेख्नुभयो, “इरान अब मध्यपूर्वको धम्की दिने शक्ति होइन । उहाँहरू मध्यपूर्वको हार्ने पक्ष हुन् ।” (रासस)