
सुनाखरी न्युज/ काठमाडौं ।
अमेरिका, इजरायल र इरानको लडाइँपछि संसारभर तेलको कच्चा मूल्य वृद्धि भएको छ ।
एशियामा सोमबार बिहान बजार खुल्दा ब्रेन्ट क्रुड र नायमेक्स लाइट स्वीट आयल दुवैमा १० प्रतिशतभन्दा बढी मूल्यवृद्धि भएको छ । यद्यपि उक्त मूल्यवृद्धिमा पछि केही कमी आएको बीबीसीको हिन्दी अनलाइन संस्करणले जनाएको छ ।
बिहान ५ बजेसम्म ब्रेन्ट क्रुडको मूल्य लगभग नौ प्रतशित बढेर ७९.३० डलर प्रति ब्यारेल आसपास थियो । यस्तै नायमेक्स झण्डै ८.५ प्रतिशतको वृद्धिका साथ ७२.७० डलर प्रति ब्यारेलको आसपास रह्यो ।
ब्रेन्ट क्रुड र नायमेक्स लाइट स्वीट आयल तेलका दुई प्रमुख प्रकारका कच्चा तेल हुन् । यी दुवैको अन्तर्राष्ट्रिय तेल बजारमा व्यापक रूपमा व्यापार हुन्छ । तेलको मूल्य निर्धारणका लागि यिनीहरूले मानक विन्दुका रूपमा काम गर्छन् ।