२०८२ फाल्गुन २२ , शुक्रवार

नेप्सेमा दोहोरो अंकको शुधार

Nepse-2

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल स्टक एक्स्चेन्ज ९नेप्से० परिसूचक आइतबार दोहोरो अंक बढेको छ ।

सेयर कारोबारमा आइतबार  अधिकांश कम्पनीको सेयर मूल्य बढेको हो ।

 

होलीका कारण सोमबार  सार्वजनिक बिदा छ । त्यसपछि सरकारले बिहीबारको निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिएको छ । यो साता मंगलबार थप एकदिन मात्र सेयर बजारमा कारोबार हुन्छ। निर्वाचन अघिको सेयर कारोबारमा लगानीकर्ताले सेयर मूल्य बढेर खरिद–बिक्री गरेका हुन् ।

आइतबार कारोबार सुरु हुँदा २६ अंकसम्मघटेको नेप्से मध्यसमय पछि सुधार आएको थियो । आइतबार कारोबार सुरु हुँदा २६५४.९३ अंक रहेको नेप्से १९.२७ अंक बढेर २६७४.२० बिन्दु पुगेको छ । नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि ३.२२ अंक बढेको छ ।

 

नेप्सेमा कारोबार भएका मध्ये आइतबार  १ सय ८७ कम्पनीको सेयर मूल्य बढेको छ । त्यसैगरी ६४ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन हुन सकेन । नेप्सेमा सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य करिब १० प्रतिशत बढेको छ ।

आइतबार नेप्सेमा कारोबार भएका सबै समूहगत परिसूचक बढेका छन् ।