
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज ( नेप्से ) परिसूचक ६.०३ अंकले बढेर २ हजार ६ सय ५४. ९३ विन्दुमा कायम भएको छ । बुधबार ४ अर्ब ४५ करोडको कारोबार भएकोमा बिहीबार ४ अर्ब १७ करोड ४६ लाख ३० हजार ५१५ बराबरको सेयर किनबेच भयो । नेप्से बढे पनि कारोबार रकममा गिरावट आएको छ।
बुधबार ४ अर्ब ४५ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएकोमा आज ४ अर्ब १७ करोड मूल्य बराबरको सेयर किनबेच भएको हो।आज सालपा विकास बैंकको सेयर सकारात्मक सर्किट लागेको छ। त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा बढी अपी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको सेयर ३२ करोड ६८ लाख बराबरको कारोबार भएको हो।