२०८२ फाल्गुन २२ , शुक्रवार

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

gold-(4)_ufmo8stvl7_xYCEYxRbF6

सुनाखरी न्युज/ काठमाडौं ।

हिजो स्थिर रहेको सुनको भाउ आज भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँले बढ्दै प्रतितोला तीन लाख १५ हजार चार सय रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन सुन तीन लाख १४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेर तोलाको पाँच हजार ७२५ कायम भएको छ । अघिल्लो दिन चाँदी पाँच हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।