
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात बढाएको छ। निर्वाचनको समयमा बजारमा ग्यासको अभाव हुन नदिन निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट ग्यासको लोडिङ उच्च दरमा गरिरहेको जनाएको छ।
निगमका अनुसार हिजो (मंगलबार) यो वर्षकै सबैभन्दा बढी परिमाणमा ग्यास लोड भएको छ। मंगलबार एकै दिन १३८ बुलेट ग्यास लोड भएको निगमले जानकारी दिएको छ। यो परिमाण करिब १ लाख ७३ हजार ८०० सिलिन्डर बराबर हुन आउँछ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले निर्वाचनको अवधिमा पनि ग्यासको आपूर्ति यसरी नै नियमित हुने भन्दै उपभोक्तालाई ढुक्क रहन आग्रह गरेका छन्। बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन निगमले भण्डारण र वितरण प्रणालीलाई चुस्त राखेको जनाएको छ।