
सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) नेतृ रञ्जु दर्शना आमा बनेकी छन् । उनले राजधानीको सिभिल अस्पतालमा मंगलबार बिहान छोरा जन्माएकी हुन् । अहिले आमा र छोरा दुवैको स्वास्थ्य सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ ।
प्रसूतिका लागि उनी काठमाडौंस्थित निजामती अस्पताल भर्ना भएकी थिइन्।
मंगलबार बिहान करिब ११ बजे उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै आफू अस्पताल भर्ना भएको जानकारी दिएकी थिइन्।