
सुनाखरी न्युज/ काठमाडौं ।
सेयर बजारका सबै सूचक साताको पहिलो दिन आइतबार घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.५९ अंक घटेको छ । सो कमीपछि नेप्से २६१४ अंकमा कायम भएको छ । कारोबार रकम पनि घटेको छ ।
यसअघि गत मंगलबार ८ अर्ब ३६ करोडको कारोबार भएको थियो । त्यसयता आज आइतबार मात्रै कारोबार भएको हो । आज कारोबार रकम ६ अर्ब ६९ करोडमा खुम्चियो।
३४ कम्पनीको मूल्य बढ्दा २२० को घट्यो भने ७ को स्थिर रह्यो ।