२०८२ फाल्गुन २२ , शुक्रवार

छात्रालाई बाटो छेकेर यौन दुर्व्यवहार गर्ने युवक पक्राउ

fb-img-1733324498998

सुनाखरी न्युज/ काठमाडौं ।

बिहानै कलेज जाने किशोरी र युवतीलाई बाटो छेकेर यौन अंग देखाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित डेराबाट कलेज जाँदै गर्दा अपरिचित युवकले छात्रालाई यौन दुर्व्यवहार गरेका थिए ।बाजुराको बडिमालिका नगरपालिका–३ घर भएर काठमाडौं–१४ सुनारगाउँ बस्दै आएका खड्काले न्याथम कलेजबाट बीएचएम गरेका छन् ।

पछिल्लो डेढ महिनादेखि उनले क्षेत्र परिवर्तन गरेर छात्राहरूलाई यौ नज न्य हर्क त गर्दै आएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपी अहिले कुपण्डोलस्थित एक होटलमा सेफको काम गर्दै आएको खुलेको छ । स्नातक तह अध्ययन गर्ने छात्राहरूलाई उनले दु र्व्यवहार गरेका हुन् ।