२०८२ फाल्गुन २२ , शुक्रवार

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

12-gold

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली बजारमा सुनको भाउमा कमी आएको छ। सोमबार र मंगलबार घटेको सुनको भाउ बुधबार पनि १ हजार ५ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ लाख ४ सय रुपैयाँ कायम छ ।

हिजो मंगलबार सुन तोलामा ९ सयले घटेर ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी तोलामा ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।