२०८२ फाल्गुन २२ , शुक्रवार

सूर्यकुण्ड हाइड्रोको आइपिओ बाँडफाँड , यसरी हेर्न सकिन्छ नतिजा

photo-ipo_gSj9XVRGOA-lg-1771302852

सुनाखरी न्युज/ काठमाडौं ।

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपिओ बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा मंगलबार बिहान आइपिओ बाँडफाँड गरिएको हो । कम्पनीले माघ १८ गतेदेखि माघ २१ गतेसम्म आम सर्वसाधारणलाई ५ लाख ७२ हजार ४ सय ३१ कित्ता शेयर निष्काशन गरेको थियो।

क्यापिटलका अनुसार यस आईपीओमा २४ लाख ५२ हजार ६ सय २ जनाले आवेदन दिएका थिए । जस मध्ये २४ लाख ११ हजार ९ सय २२ जनाको आवेदन मात्र योग्य भएको छ। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जस अनुसार ५७ हजार २ सय ४३ जनाले मात्र शेयर पाएका छन् । यी मध्ये १ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् । अन्य आवेदक भने हात खाली भएका छन् ।

कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थ्यनिय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ। नेपाल धितोपत्र बोर्डले मङ्सिर २५ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । यस कम्पनीले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि गत साउन देखि नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गर्दै आएको छ ।  सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको  वेबसाइट iporesult.cdsc.com.np   बाट पनि रिजल्ट हेर्न सकिन्छ ।