
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेको हो।
योसँगै प्रतितोला छापावाल सुन ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा ३ लाख ५ हजार ८ रुपैयाँमा कारोबार भएको थियो।यसैगरी आज चाँदी पनि घटेको छ ।
यससँगै आज चाँदी तोलामा १२५ रुपैयाँले घटेर ४ हजार ८ सय ६० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।